काठमाडौं । सांग्रिला विकास बैंकले आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । बैंकको नयाँ एप्लीकेशन एफवान सफ्ट इन्टरनेशनलले निर्माण गरेको हो ।
अपग्रेड भएको एपले ग्राहकलाई मोबाईल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न दिने बैंकले जनाएको छ । बैंकको अनुसार अपग्रेड भएको एपमा बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन् ।
सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले प्रयोगकर्ताले अपग्रेड भएको एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू प्राप्त गर्न बताए ।
‘नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधाहरू छन्, जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ । जसले हाम्राग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैकिङ्ग अनुभव प्राप्त गर्न सजिलो बनाउँछ,’ उनले भने ।
सांग्रिला विकास बैंक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ख वर्गको बैंकका रुपमा सञ्चालनमा छ ।