सिभिल बैंकले थालनी गर्‍यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान, टेम्पो चालकलाई क्युआर

<p>काठमाडौं। सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो-क्यासलेस अभियानको थालनी गरेको छ। जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा अभियान सुरु गरिएको हो। कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक निरा ताल्चा भडेँल उपस्थिति थियो। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैंकका मधेश प्रदेश [&hellip;]</p>

काठमाडौं। सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो-क्यासलेस अभियानको थालनी गरेको छ।

जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा अभियान सुरु गरिएको हो। कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक निरा ताल्चा भडेँल उपस्थिति थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैंकका मधेश प्रदेश प्रमुख  विश्वाशराज अर्याल लगायत टेम्पु व्यवसायीहरु र विभिन्न कलेजका विद्यार्थीहरूहरुको बाक्लो उपस्थिति थियो।

प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी नारायण मण्डललाई क्यू आर कोड हस्तान्तरण गरी अभियानको थालनी गरिएको थियो।

डिजिटल इको सिस्टमको अवधारणा स्वरूप दैनिक जीवनमा गर्ने साना साना खर्चहरु जस्तै टेम्पो भाडा, मन्दिरमा भेटि, पानी पुरी, जुत्ता मर्मत, सरसामग्री आदि खरिद, शौचालयको शुल्कको भुक्तानी देखि ठूला खर्चहरुको भुक्तानी जस्तै सभा हलको भाडा तथा सबै प्रबन्धहरुको भुक्तानी क्यू आर कोडबाट नै गरिएको थियो।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवा पुर्याउने हेतुले उक्त कार्यक्रममा क्यू आर कोड सम्बन्धी प्रस्तुति गरिएको थियो। त्यसका साथै ट्राफिक जनचेतना बढाउनको लागि पनि प्रस्तुति गरिएको थियो।

Share News