चार वर्षपछि बढ्यो पेट्रोलियम पदार्थको ढुवानी भाडादर

<p>काठमाडौं । नेपाल आयल निगमले चार वर्षपछि पेट्रोलियम पदार्थको ढुवानी भाडादर बढाएको छ । गत कात्तिक २७ गते बसेको निगम सञ्चालक समितिको निर्णय अनुसार पुस १ गतेदेखि ढुवानी भाडादर बढाउने निर्याय गरेकाे हाे । निगम सञ्चालक समितिको निर्णय अनुसार ८ देखि १० प्रतिशतसम्म भाडा समायोजन भएको निगमले जनाएको छ । लामो समयदेखि भाडादर नबढेको भन्दै [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले चार वर्षपछि पेट्रोलियम पदार्थको ढुवानी भाडादर बढाएको छ । गत कात्तिक २७ गते बसेको निगम सञ्चालक समितिको निर्णय अनुसार पुस १ गतेदेखि ढुवानी भाडादर बढाउने निर्याय गरेकाे हाे ।

निगम सञ्चालक समितिको निर्णय अनुसार ८ देखि १० प्रतिशतसम्म भाडा समायोजन भएको निगमले जनाएको छ ।

लामो समयदेखि भाडादर नबढेको भन्दै ढुवानी व्यवसायीले भाडा समायोजन गर्न निगमलाई दबाद दिदै आएका थिए । उनीहरुले डेढ वर्षदेखि भाडा समायोजन गर्न निगमसँग अनुमति माग गर्दै आएका र्थि ।

निगमको उक्त निर्णय पश्चात देशभरका आन्तरिक र बाह्य गरी ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरको भाडा बढेको छ ।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको स्थानीय १५ किलोमिटरसम्मको ढुवानीमा न्यूनतम ३८२ रुपैयाँ १८ पैसाले देखि वीरगन्ज–थानकोट तथा सिनामंगल डिपोसम्मको ढुवानी भाडा क्रमशः ६ हजार ६ सय ३० रुपैयाँ २० पैसा र ६ हजार ६ सय ९० रुपैयाँ ५५ पैसा बढेको छ ।

Share News