प्रतितोला छ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुन ६ सय रुपैयाँले बढेर १ लाख ५०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुन ६ सय रुपैयाँले बढेर १ लाख ५०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ४०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Share News