एयर होस्टेसको आन्दोलनका कारण ५ आन्तरिक उडान प्रभावित

<p>काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा कार्यरत क्याबिन क्रु (एयर होस्टेस) को आन्दोलनका बिहीबारको आन्तरिक उडान प्रभावित बनेको छ । निगममा १५ वर्षदेखि करारमा सेवा गर्दै आएका दुई जना विमान परिचालिकाको करार नवीकरण रोकिएको भन्दै क्याबिन क्रुले हड्तालका कारण बिहीबार तय भएका ५ उडान प्रभावित बनेको हो । एयर होस्टेसकै [&hellip;]</p>

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा कार्यरत क्याबिन क्रु (एयर होस्टेस) को आन्दोलनका बिहीबारको आन्तरिक उडान प्रभावित बनेको छ ।

निगममा १५ वर्षदेखि करारमा सेवा गर्दै आएका दुई जना विमान परिचालिकाको करार नवीकरण रोकिएको भन्दै क्याबिन क्रुले हड्तालका कारण बिहीबार तय भएका ५ उडान प्रभावित बनेको हो ।

एयर होस्टेसकै आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु समेत प्रभावित बनेका छन् ।

आन्दोलनकै बारण बिहीबार काठमाडौं–ताप्लेजुङका दुई उडान, काठमाडौं–भोजपुर, काठमाडौं–फाप्लु र काठमाडौं–दाङको एक÷एक उडान प्रभावित बनेका हुन ।

निगम व्यवस्थापनले दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै एयर होस्टेसहरु आन्दोलनमा उत्रिएका हुन् । यसले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका यात्रु अलपत्र परेका छन् ।

आन्दोलनरत एयर होस्टेस र निगम व्यवस्थापनबीच बिहीबार भएको वार्तामा समेत झगडा भएको छ । दुई पक्षबीच भएको वार्तामा बीना जानकारी भित्र पसेर ट्रेड युनियनका नेताले एयर होस्टेसलाई हातपात गरेपछि वार्ता रोकिएको छ ।

दुई पक्षबीच भएको वार्तामा बिना जानकारी भित्र परेर युनियनका नेताले हातपात गरेपछि प्रहरीले युनियनका नेतालाई नियन्त्रणमा लिएको हो ।

Share News