निगममा एयर होस्टेसमाथि हातपात, युनियनका नेता प्रहरी नियन्त्रणमा

<p>काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत एयर होस्टेसमाथि हातपात भएको छ । बिहीबार दिउँसो निगमको मानव संशाधन विभागमा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीचकोे वार्तामा ट्रेड युनियनका नेताले एयर होस्टेसलाई हातपात गरेका हुन् । दुई पक्षबीच भएको वार्तामा बिना जानकारी भित्र परेर युनियनका नेताले हातपात गरेपछि प्रहरीले युनियनका नेतालाई नियन्त्रणमा लिएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत एयर होस्टेसमाथि हातपात भएको छ । बिहीबार दिउँसो निगमको मानव संशाधन विभागमा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीचकोे वार्तामा ट्रेड युनियनका नेताले एयर होस्टेसलाई हातपात गरेका हुन् ।

दुई पक्षबीच भएको वार्तामा बिना जानकारी भित्र परेर युनियनका नेताले हातपात गरेपछि प्रहरीले युनियनका नेतालाई नियन्त्रणमा लिएको छ । न्युरोडमा रहेको जनसेवा प्रहरी वृत्तका प्रमुख डिएसपी शालिग्राम शर्मासहितको प्रहरी टोली निगममा पुगेको छ ।

संघले ट्रेड युनियनका नेताले पुरुष परिचारकलाई हातपात गरेको, कागजात खोसेको, अश्लिल गालीगलौज गरेको भनेका छन् । घाइते भएकी परिचारिका पूजा सहनीले पुरुष कर्मचारीले हातपात गर्दा आफ्नो बायाँ कान रगताम्य भएको बताइन् ।

Share News