काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा भने बैंकले संस्थागत तर्फ १०.१३३ प्रतिशत र व्यक्तिगततर्फ १३.१३३ प्रतिशत ब्उाजदर प्रदान गर्ने भएको हो । बैंकले रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३३ प्रतिशत ब्याजदर ताकेको छ ।
बैंकले प्रकाशन गरेको ब्याजदर अनुसार बैंकको आधार दर ८.३३ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.१६ प्रतिशत रहेको छ । बैंकले संथागत आवधिक कर्जाको लागि १३.५ प्रतिशतदेखि १५.५० प्रतिशतसम्म स्थिर ब्याजदर तोकिएको छ ।
बैंकले विभिन्न कर्जाहरुमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । सबैभन्दा धेरै प्रिमियिम सेयर धितोमा जाने कर्जामा रहेको छ । जसमा ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम लिने भएको हा ।