नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले गरिन् शपथ ग्रहण

<p>काठमाडौं । नेपाल एसबिआई बैंककी नवनियुक्त अध्यक्षले पद तथा गोपनियताको शपथ लिएकी छिन् । बन्सालले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । बन्साल मंसिर २६ गते बसेको बैंकको ४९३औं बैठकबाट बैंकको संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट नियुक्त भएकी हुन् । बन्सल एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंककी नवनियुक्त अध्यक्षले पद तथा गोपनियताको शपथ लिएकी छिन् । बन्सालले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

बन्साल मंसिर २६ गते बसेको बैंकको ४९३औं बैठकबाट बैंकको संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट नियुक्त भएकी हुन् ।

बन्सल एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छिन् । उनले एसबीआईको विदेशी रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरुको संचालन लगायतका मामिला हेर्छिन् ।

Share News