शिकारीको निसानामा परेपछि दुर्लभ पन्छी हुचिल लोप हुँदै

<p>उदयपुर । उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदैगएको छ । वासस्थानको समस्या तथा शिकारीले शिकार गर्नेगरेका कारण हुचिल हिजोआज यस क्षेत्रबाट लोप हुँदैगएको छ । बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिरपाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही [&hellip;]</p>

उदयपुर । उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदैगएको छ । वासस्थानको समस्या तथा शिकारीले शिकार गर्नेगरेका कारण हुचिल हिजोआज यस क्षेत्रबाट लोप हुँदैगएको छ ।

बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिरपाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसमम व्यापक रुपमा पाइने  हुचिल हिजोआज यस क्षेत्रमा पाइन छोडेको चौदण्डी बबलाका रामबहादुर मगरले बताए । ‘केही वर्ष अघिसम्म चौदण्डीको कटुन्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिल जताजतै पाइन्थ्यो’, उनले भने ।

केही वर्षयता यसको शिकार हुन थालेको र केहीले यसको वासस्थानसमेत नष्ट गरेको पाइएको मगरको भनाइ छ । हुचिलको शिकार गर्न गोप्यरुपमा अन्यत्र जिल्लाबाट शिकारी आउनेगरेको उनले बताए । स्थानीयसँग मिलेर हुचिल शिकार गर्नेगरेको पाइएको मगरको भनाइ छ ।

बेलका नगरपालिका –५ को मैनामैनी क्षेत्रको बोपताङ डाँडापाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भीरपाखामा समेत विगतमा धेरै सङ्ख्यामा हुचिल पाइन्थ्यो । स्थानीय  मानबहादुर राई केही समय यता फाटफुट्ट मात्र देख्न सकिने बताए । ‘हिजोआज गाउँघरमा रातभरि नै हुचिल कराएको सुनिदैन’ उनले भने ।

हुचिल मार्न, पक्रन र पासो थाप्न यहाँ बाहिरबाट आउने गरेका स्थानीयवासी बताउँछन् । हुचिल जिउँदै अन्यत्र लगेर बिक्री गर्नेगरेको पाइएको छ । जिउँदो हुचिल  रु २० हजारसम्ममा बिक्री हुनेगरेको छ ।

बेलका नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाकुमार थापा आफूले बेलकाको मैनामैनीको सुगाचरी भिर बोपताङ डाँडा र भिरमा पाइने दुर्लभ प्रजातिका गिद्धको संरक्षण र हुचिल संरक्षणको अभियान नै चलाएको बताए ।  ‘संरक्षण  अभियानलाई निरन्तरता दिनुपर्छ’ उनले भने । रासस

Share News