काठमाडौं । एनआईबिएल एस क्यापिटलले डिम्याट तथा मेरोसेयरको खाता निशुल्क खोल्न मिल्ने योजना ल्याएको छ । कुनैपनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट बञ्चित हुन नपरोस् भन्ने,उद्देश्यका साथ यस विशेष योजना ल्याएको कम्पनीले जनाएकाे छ ।
यसका साथै यस वर्ष पर्न आएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सबै फरक क्षमता भएका व्यक्तिहरुले, एनआइबिएल एस क्यापिटलबाट नि:शुल्क डिम्याट तथा मेरोसेयरको खाता खोल्न सक्ने कुरा क्यपिटलले जनाएको छ ।
क्यापिटलकाे अनुसार उक्त योजना मंसिर १६ गतेदेखि मंसिर १८ गते (३दिन) सम्मको लागि लागु हुने छ ।
उक्त योजना अवधिभर एनआईबिएल एस क्यापिटलमा डिम्याट तथा मेरोसेयरको खाता खोल्नुहुने फरक क्षमता भएका ग्राहकवर्गमध्येबाट गोलाप्रथाद्वारा छनोट गरी ५ जना भाग्यशाली विजेतालाई एनआईबिएल सहभागिता फण्डको १०० इकाई उपहार प्रदान गर्ने पनि क्यापिटलले जनाएको छ ।
एनअईबिएल एस क्यापिटलमा नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको छ ।