काठमाडौं । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्राप्त हुने भएकाे छ ।
मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सक्नेछन् ।
साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, १ हजारसम्म मात्र पनि प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउने कम्पनीले जनाएकाे छ ।