काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको छ ।
सुकुम्बासीहरुले आवेगमा आएर ढुंगामुडा प्रहार गरिरहेका छन् । सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।
सुकुम्बासीहरुले भने विकल्प नदिई आफूहरु सो बस्तीबाट नहट्ने जिकीर गरिरहेका छन । उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् ।
उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित तयार बसिरहेका छन् । नगर प्रहरीहरु पनि सामान्य घाइते भएका छन्