
काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश लाल श्रेष्ठले मेला महोत्सवले अर्थतन्त्रमा प्रत्यक्ष सहयोग गर्ने बताएका छन् । सोमबार महासंघको कार्यलयमा भएका कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
यद्यपि, सरकारले व्यापार मेला महोत्सव गर्नका लागि सहयोग नगरेको उनले गुनासो गरेका छन् । सरकारले मेला महोत्सवको आयोजना गर्नका लागि प्रदर्शनी स्थल तथा आयोजना गर्ने ठाउँको व्यवस्थापन नगर्दा समस्या आउने गरेको उनले बताए ।
‘मेला महोत्सवले आन्तरिक उत्पादनमा विशेष जोड दिँदै आएको छ जसले गर्दा आन्तरिक उत्पादन भएका वस्तुहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र निर्यातमा गर्न सहयोग पुगेको छ,तर सरकारले यसको लागि कुनै ठाउँ व्यवस्थापन नगर्दा समस्या भएको छ, सरकारले यसमा सहयोग गरेको छैन,’ उनले भने ।
यस्तै, उनले सरकारले कर तिर्न क्षेत्र तयार रहेको तर कर तिरे वापतको सरकारले सुविधा प्रदान गर्नुपर्ने उनले बताएका छन् ।