मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी एमाले अगाडी बढ्छ : विष्णु पौडेल

<p>काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकि रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन् । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरुमाझ संक्षिप्त कुरा गर्दै [&hellip;]</p>

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकि रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरुमाझ संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए

‘मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ हाम्रो पार्टी निर्वाचनमा गएपनि सोही अनुसारको जनादेश प्राप्त हुन सकेन, तर जति प्राप्त प्राप्त जनादेश छ त्यसको सम्मान गर्दै अघि बढ्छौं,’ उनले भने ।

उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उनीहरुको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Share News