नयाँ चुनावी नतिजाले चितवनमा विकासको गति र जग्गाको मूल्य घट्न सक्ने

<p>काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचनले चितवन जिल्लाको राजनीतिक समिकरणलाई नै बदलिदिएको छ । चितवन जिल्लामा सिर्जना हुँदै गरेको नयाँ राजनीतिक समिकरणले आगामी दिनमा चितवनको विकासको गति नै घट्ने अनुमान गरिएको छ । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनको निर्वाचन [&hellip;]</p>

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचनले चितवन जिल्लाको राजनीतिक समिकरणलाई नै बदलिदिएको छ । चितवन जिल्लामा सिर्जना हुँदै गरेको नयाँ राजनीतिक समिकरणले आगामी दिनमा चितवनको विकासको गति नै घट्ने अनुमान गरिएको छ ।

०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनको निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका सुरेन्द्र पाण्डे, २ बाट एमालेका कृष्णभक्त पोखरेल र ३ बाट माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए । आजसम्मको मतगणनामा आएका नतिजा र अग्रताको अवस्थालाई हेर्दा फेरि पनि मुलुकमा पुरानै ठूला राजनीतिक दलहरुको दब्दबा रहने निश्चित प्रायः छ । तर, चितवन जिल्लाका मतदाताले आगामी संसदमा कमजोर उपस्थिति रहने पार्टीलाई विजयी गराएका छन् ।

विगत ५ वर्षमा संघीय सरकारको तहबाट भएको बजेट विनियोजनको प्रवृत्तिलाई हेर्दा विशेषगरी राज्यसत्तामा पहुँच भएको क्षेत्रमा बढी बजेट विनियोजन भएको देखिन्छ । केपी ओली र शेरबहादुर देउवा दुबै सरकारले झापा, चितवन र डडेलधुरालाई बजेट विनियोजनमा प्राथमिकतामा राख्ने प्रयास गरेका थिए । जसमा केही सांसदहरुले संसदमा नै पहुँच बमोजिम बजेट विनियोजन गर्ने प्रवृत्तिको विरोध गर्ने प्रयास गरेका थिए ।

पछिल्लो ५ वर्षमा प्रचण्ड, सुरेन्द्र पाण्डे र रेणु दाहालको चितवनमा भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो विकास भएको छ । प्रचण्डले चितवनलाई मुलुककै आर्थिक राजधानी साथै विकासको मोडेल नै बनाउने घोषणा गरेका थिए । भरतपुर महानगरको विकासमा काम गरेकै कारणले गत बैशाखमा भएको निर्वाचनमा रेणुले लोकप्रिय मत बढी ल्याएको धेरैको तर्क छ ।

मंसिर ४ गते भएको निर्वाचनमा चितवन जिल्लामा भएका ३ वटा निर्वाचन क्षेत्र मध्ये बिहीबार साँझसम्म निर्वाचन क्षेत्र नम्बर २ र १ को नतिजा आएको छ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेले नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेसका विश्व पौडेल र एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका छन् । त्यस्तै पछिल्लो मतगणना परिणाम अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राप्रपाका बिक्रम पाण्डे विजयको नजिक पुगेका छन् ।

मतदानमार्फत मतदाताहरुले शुसासनको विषयलाई सचेत गराएको भएपनि केन्द्रीय राजनीतिमा पुरानै राजनीतिक दल र सदस्य समूह दोहोरिने भएकाले अर्थतन्त्रको सञ्चालन गर्दा शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिमा ठूलो परिवर्तन नआउन सक्छ । त्यसैले अनुमान गर्न सकिन्छ की त्यसको प्रत्यक्ष प्रभाव चितवनको आगामी विकासमा पर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले पुरानै दलहरुको नेतृत्वमा सरकारमा सहभागी नहुने संकेत गरेका छन् । यदी त्यसो हुन पुग्यो भने चितवनका २ वटा निर्वाचन क्षेत्रमा नियमित बाहेक नयाँ आवश्यकता र चाहनाको विकास क्षेत्रमा बजेटको पैरवी गर्ने नेतृत्वको नै अभाव हुन पुग्छ । त्यस्तै चितवन क्षेत्र नम्बर ३ बाट संसदमा प्रतिनिधित्व गर्ने बिक्रम पाण्डेको सत्तामा स्वभाविक हिसाबले पहुँच नै कम हुन पुग्छ । जसले गर्दा सो क्षेत्रमा पनि विकासको पैरवी गर्ने पहुँच सम्पन्न व्यक्ति आगामी संसदमा हुँदैन ।

पछिल्लो समयमा विकासको ‘भाइब’ पैदा हुन खोजिरहेको चितवनमा अहिलेको चुनावसँगै सत्ता पहुँचको कमी हुन जाने हुँदा त्यसको प्रभाव सम्पूर्ण चितवन क्षेत्रमा पर्ने देखिन्छ । सडक विस्तार, सार्वजनिक क्षेत्रहरुको विकास र संस्थागत विकासको गतिमा कमि आउनसक्छ । जसले गर्दा विकासको हबका रुपमा जोडेर वृद्धि हुँदै गरेको चितवन क्षेत्रको जग्गाको मूल्यमा पनि स्थिरता पैदा हुन सक्छ ।

Share News