‘पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु’

<p>काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन् । ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् । उनले [&hellip;]</p>

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन् ।

ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् ।

उनले आफूले मतदाताहरुसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको बताइन् । उनले मतदाताहरुलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरिन् ।

‘सांसद कस्तो हुनुपर्छ र संसद भवनमा वहस कस्तो हुनुपर्छ भन्ने देखाउने मेरो भुमिका रहने छ, म समस्या र समाधान बीचको परिपक्व पुल बन्ने प्रतिवद्ध हुनेछु,’ उनले भनिन् ।

डा. कार्कीले ललितपुरवासिले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने र जनताको विश्वासमाथि घात नगर्ने पनि बताएकी छिन् ।

Share News