काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । राउत ३५ हजार ४२ मत ल्याउँदै विजयी भएका हुन् ।
उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।
यादवले १६ हजार ९६९ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन् ।