लाभांश पारित गर्ने तेस्रो बैंक बन्यो एनसीसी

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को लाभांश पारित भएको छ । शुक्रबार बसेको बैंकको २५ औं वार्षिक साधारण सभाबाट सेयरधनीलाई दिने भनिएको प्रस्तावित लाभांश पारित भएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को लाभांश पारित भएको छ । शुक्रबार बसेको बैंकको २५ औं वार्षिक साधारण सभाबाट सेयरधनीलाई दिने भनिएको प्रस्तावित लाभांश पारित भएको हो ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे ।

योसँगै एनसीसी लाभांश पारित गर्ने तेस्रो बैंक बनेको छ । यसअघि सिटिजन्स र कुमारी बैंकले लाभांश पारित गरिसकेको छ ।

Share News