काठमाडौं । नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा तीन वटा नयाँ सेवाको सुरु गरेको छ ।
बैंकले यस अवसरमा अनलाइन फिक्स डिपोजिट खाता, डलर र प्रिपेड कार्ड सेवा र सुनचाँदी कर्जा अबदेखि अनलाईनबाट लिन सकिने सेवा सुरु गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण अधिकारीले बुधबार वार्षिकोत्सवको अवसरमा प्रधान कार्यलयमा भएको कार्यक्रममा तीन नयाँ सेवा सुरु गरेको घोषणा गरेका हुन ।