काठमाडौं । ९१ दिने ट्रेजरी बिलको भारित औसत व्याजदर १०८ प्रतिशत बढीले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको असोज मसान्तको तुलनामा चालु आवमा उक्त व्याजदर १०८.६८ प्रतिशतले बढेको हो ।
२०७८ असोजमा ४.८६ प्रतिशत रहेको उक्त व्याजदर २०७९ असोजमा १०.१४ प्रतिशत पुगेको छ ।
त्यसैगरी, समीक्षा अवधिमा वाणिज्य बैंकहरुबीचको अन्तर बैंक व्याजदर ७१.८६ प्रतिशतले बढेको छ । २०७८ असोजमा ४.९५ प्रतिशत रहेको सो व्याजदर २०७९ असोजमा ८.५० प्रतिशत पुगेको छ ।
त्यस्तै, गत वर्षको तुलनामा चालु आवमा वाणिज्य बैंकहरुको औसत आधारदर ७.५७ प्रतिशतबाट बढेर १०.३४ प्रतिशत पुगेको छ । जुन एक वर्षमा ३५.५९ प्रतिशतले बढेको हो ।
यता निक्षेपको व्याजदर बढेर ८.१६ प्रतिशत पुगेको छ । गत आवको असोजमा ५.४३ प्रतिशत रहेको सो व्याजदर एक वर्षको अवधिमै ५०.२६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
त्यस्तै, बैंकहरुको कर्जाको भारित औसत ब्याजदर एक वर्षमै ४०.२७ प्रतिशतले बढ्न पुगेको छ । अघिल्लो आवको असोज मसान्तमा ८.६९ प्रतिशत रहेको सो प्रकारको ब्याजदर चालु आवको सोही महिनासम्ममा १२.१९ प्रतिशत पुगेको छ ।