बेल्जियम नागरिकद्वारा एक लाख ३५ हजार एक हजार युरो बाल अनाथालयमा सहयोग

<p>मङ्गलबारे । युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गरेका छन् । बेल्जियमबाट नेपाल घुम्न आएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५ हजार एक हजार युरो सहयोग गरेका हुन् । इलाम नगपालिका ९ मा रहेको बाल अनाथालय पुस्कतकालय निर्माणमा सहयोग खर्च हुने उनको भनाइ छ । साथै क्विन इलाम पर्यटन [&hellip;]</p>

मङ्गलबारे । युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गरेका छन् । बेल्जियमबाट नेपाल घुम्न आएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५ हजार एक हजार युरो सहयोग गरेका हुन् ।

इलाम नगपालिका ९ मा रहेको बाल अनाथालय पुस्कतकालय निर्माणमा सहयोग खर्च हुने उनको भनाइ छ । साथै क्विन इलाम पर्यटन प्रवद्र्धन समिति, गायक कविराज निरौला र राहशल अनाथालय सञ्चालक समितिको सहयोगमा अनाथालयका १६ जना बालबालिकालाई पर्यटकीय क्षेत्र कन्याम, अन्तु लगायतका ठाउँमा एकदिने भ्रमणसमेत गराएका छन् ।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणपश्चात् इलाम आएका उनको युट्युबमा १० हजार सस्क्राइबर भएको खुसियालीमा टेन्सले बालबालिकाका निम्ति सहयोग गरेको बताए ।

पर्यटन सूचना केन्द्रको भ्रमणपछि इलामका विभिन्न पर्यटकीय क्षेत्र घुम्नुभएका टेन्सले क्विन इलामको सहयोगमा थप ठाउँहरूमा समेत भ्रमण गरेका थिए ।

इिलाम सदरमुकाममा नजिक पर्यटकीयस्थलहरूको भ्रमण गरेका उनले सो क्षेत्रको प्रचारसमेत गर्ने बताए । उनले जिल्लाका विभिन्न स्थलबारे भिडियोमार्फत् प्रचारसमेत गरिरहेका छन् । रासस

Share News