काठमाडौं । बससेवा डटकमले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत निर्वाचनमा भाग लिन जाने मतदाता मध्ये भाग्यशाली तीनजनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् । साथै ती मतदाताले भोट दिएका तीन जना उम्मेदवारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।
मतदाताले भोट दिएका उम्मेदवारले निर्वाचनमा विजयी वा हार बेहोरे पनि उपहार प्राप्त गर्ने र अफरबाट विजयी मतदाताले आफुले मत दिएको उम्मेदवारलाई गोप्य रुपमा उपहार दिन सक्ने कम्पनीले बताएकाे छ । विजेताको चयन बससेवाको अधिकारिक फेसबुक पेजमा लाइभ मार्फत गोलाप्रथाबाट गरिने बताइएकाे छ ।
मतदाता लक्षित् उपहार योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने, ‘ देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढि भन्दा बढि सहभागीता होस् भन्ने उदेश्यले हामीले यस्तो अफर सार्वजनिक गरेका हौँ । अर्कोतर्फ मतदाता मत हाल्न जाने तर उम्मेदवारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उम्मेदवारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौँ ’ ।
कम्पनीले यो योजना कार्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म लागु हुने जनाएकाे छ । मतदाता तथा यात्रुले बसपार्क अलावा हालैमात्र बससेवाले कलंकीस्थित् ढुंगेअड्डामा सञ्चालनमा ल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढि सहजै यात्रा गर्न सक्नेछन् ।
बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् ।