काठमाडौं । नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री समता पन्तले गरेका थिए भने कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारीले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरे ।
नेपाल बैंक कार्तिक ३० गते ८६औं बर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा बैंकले बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायीत्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्दै आएको छ ।
नेपालभर २२६ शाखाहरु, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।