काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ११ लाख रुपैयाँ नोक्सानमा थियो ।
असोज मसान्तसम्म सोल्टीको व्यवसायबाट कुल आम्दानी २३४.१५ प्रतिशत बढेर ४१ करोड ३२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा २ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी भन्दा धेरै हो । कम्पनीको आम्दानीमा वृद्धि भएपछि खुद नाफा बढेको हो ।
कम्पनीको सञ्चालन नाफा १२ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्ष २ करोड १ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।
कम्पनीको चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ र जगेडा कोष ९९ करोड ८७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ ८५ पैसा छ ।