काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा १३ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रति तोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।