मुक्तिनाथ विकास बैंकद्धारा २६४ जना महिला उद्यमीहरु सम्मानित

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना उद्यम संचलन गरिरहेका २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । बैंकले लघु बैंकिङ्ग सम्बन्धि आयोजना गरेको साक्षरत कार्यक्रममा देशभरका महिला उद्यमीहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना उद्यम संचलन गरिरहेका २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । बैंकले लघु बैंकिङ्ग सम्बन्धि आयोजना गरेको साक्षरत कार्यक्रममा देशभरका महिला उद्यमीहरुलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रममा लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको थियो ।

महिला उद्यमीहरुको लागि व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ ।

देशभर संचालन भएकाे कार्यक्रममा स्थानिय निकायका पदाधिकारी, स्थानिय र विभिन्न पेशामा आवद्ध भएका महिला उद्यमीहरुसहित लगभग ३५ सय जनाको उपस्थिति रहेको थियो । बैंकले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Share News