सानिमा बैंकका ग्राहकलाई ‘दराज ११:११’ अभियानमा ३ हजारसम्मको छुट

<p>काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग &#8216;दराज ११:११&#8217; मा विशेष छुट दिन सहकार्य गरेकाे छ । यस अनुसार बैंकका ग्राहकहरुले दराजबाट &#8216;दराज ११:११&#8217; मा सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् २५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११:११’ मा विशेष छुट दिन सहकार्य गरेकाे छ ।

यस अनुसार बैंकका ग्राहकहरुले दराजबाट ‘दराज ११:११’ मा सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् २५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बैंकले जनाएकाे छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

Share News