निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई माग्यो स्पष्टीकरण

<p>काठमाडौं । प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । उनले दल नभनेर स्वतन्त्रको हैसियतमा चुनाव प्रचार गरेको पाइएकाले दोस्रो पटक पनि स्पष्टीकरण सोधिएको हो । यसअघिको स्पष्टीकरण पत्रमा उनले स्वतन्त्र भनि प्रचार नगरेको जिकिर गरेपनि सोही क्रम दोहोरिएको आयोगको [&hellip;]</p>

काठमाडौं । प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

उनले दल नभनेर स्वतन्त्रको हैसियतमा चुनाव प्रचार गरेको पाइएकाले दोस्रो पटक पनि स्पष्टीकरण सोधिएको हो । यसअघिको स्पष्टीकरण पत्रमा उनले स्वतन्त्र भनि प्रचार नगरेको जिकिर गरेपनि सोही क्रम दोहोरिएको आयोगको भनाइ छ ।

आयोगले कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

Share News