काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापाको ५६ वर्षका उमेरमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे १० बजे निधन भएको हो ।
मन्त्री थापा केही दिनअघि डेंगीबाट संक्रमित भएका थिए । मोरङ क्षेत्र नम्बर ३९१० मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए ।
उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो ।
थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।