प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

<p>काठमाडौं । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छने । पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । लु १ ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ [&hellip;]</p>

काठमाडौं । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छने । पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

लु १ ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ ।

दुर्घटनामा परी प्युठान नगरपालिका–५ बस्ने ५२ वर्षीया मैमा घर्ती, ४३ वर्षीया बच्ची थापा र ४६ वर्षीय खुमन थापाको घटना स्थलमै मृत्यु भएको हो । घाइते भएका ६ जनाको जिल्ला अस्पताल उपचार भईरहेको र बाँकी ६ जनालाई बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

Share News