अब सिटिजन्स बैंकका ग्राहकले च्याटबाटै बैंकिङ सेवा पाउने

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा ग्राहकको लागि वेबसाइट मार्फत च्याटबट सेवा ुसिटिजन्स साथीको’ शुभारम्भ गरेको छ । यस नयाँ सेवा मार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथिमार्फत गर्न सक्नेछन् । साथै, ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्म मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा ग्राहकको लागि वेबसाइट मार्फत च्याटबट सेवा ुसिटिजन्स साथीको’ शुभारम्भ गरेको छ ।

यस नयाँ सेवा मार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथिमार्फत गर्न सक्नेछन् । साथै, ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्म मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ९० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News