काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३६.५८ प्रतिशत घटेर २ अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ८.५४ प्रतिशत घटेर १२ अर्ब ९८ करोड ८६ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १४ अर्ब २० करोड २६ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २३ करोड ४७ लाख २१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १८ अर्ब २५ लाख १९ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ३४ करोड ३१ लाख ६० हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १७ अर्ब ६५ करोड २४ लाख ७९ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ७३ करोड १० लाख ३ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड ७५ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३८ अर्ब ४३ करोड ३४ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन ११.४७ प्रतिशत बढेर ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ र कर्जा लगानी ०.५६ प्रतिशत घटेर ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ प्रवाह गरेको छ ।
अघिल्लो वर्षसम्म बैंकले ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब १७ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६८.१७ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष १२.६९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ८.०५ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९७.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.६० गुणा छ ।
बैंकको खराब कर्जा ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको १०.४३ प्रतिशतबाट घटेर ९.४६ प्रतिशत कायम छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १२.२७ प्रतिशत रहेको छ ।