
काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने बर्दिया गुलरियाका नगरपालिका(१२ बस्ने ईदु साई पक्राउ परेका छन् । मंगलबार साई लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला बर्दिया गुलरिया नगरपालिका-०६ बाट पक्राउ परेको हुन् ।
उच्च अदालत पाटनले उनलाई बैशाख ४ गते बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
तोकिएको जरिवाना तिर्न नसकेपछि उनलाई सम्मानित बर्दिया जिल्ला अदालतको आदेशमा कारागार कार्यालय बर्दियामा पठाईएको छ ।