सुनसरी । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको पूर्व पश्चिम लोकमार्गबाट १८ लाख ३० हजार रुपैयाँ बराबरको अवैध चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोबाट आइतबार अवैध चिनीसहितको ट्रक नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको को .१ ख ३०२० नम्बरको ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो ।
बरामद चिनी तथा ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको छ ।