काठमाडौं । ३० वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी पक्राउ परेका छन् । बर्दिया ठाकुरबाबा नगरपालिका ८ बस्ने बर्ष ६९ को जोरा सिंहलाई सुतिरहेको बेलामा अजिव बुढाक्षेत्रीले घरायसी रिसिईबीका कारण टाउकोमा धारिलो हतियार दाउ प्रहार गरेर फरार भएका थिए ।
प्रतिवादी क्षेत्रीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि हिरासतमा राखि सम्पूर्ण अनुसन्धान कार्य पुरा भए पश्चात् फागु ३० गते जिल्ला अदालतमा उपस्थित गराउँदा शौचालय जान्छु भन्ने बहाना गरी सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीले शौचालयमा लिई गएको अवस्थामा शौचालयको भ्यान्टिलेसनबाट निस्की भागरेका थिए ।
उनी फरार रहेको र अदालतको आदेशले कर्तव्य ज्यान मुद्दामा १९ बर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे÷भगाएको मुद्दा समेतमा गरी जम्मा ३० बर्ष कैद सजाय तोकिएको थियो । अजिव बुढाक्षेत्री हालसम्म भारतमा लुकिछीपी बस्दै आएका थिए । उनी भारतबाट आफ्नो घरमा आएको भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलीले कात्तिक २१ गते बुढाक्षेत्रीलाई पक्राउ गरेको हो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागी कारागार कार्यालय बर्दिया पठाईएको प्रहरीले जनाएको छ ।
उनले वि.स. २०७२ फागुन ५ गते राति साढे ९ बजेको समयमा बर्दिया ठाकुरबाबा नगरपालिका ८ बस्ने बर्ष ६९ को जोरा सिंहलाई सुतिरहेको बेलामा अजिव बुढाक्षेत्रीले घरायसी रिसिईबीका कारण टाउकोमा धारिलो हतियार गरि ज्यान लिएका थिए ।