‘यो देशमा एमालेबाहेक कुनै पनि दलसँग मुलुक बनाउने भिजन नै छैन’

<p>काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ को चुनावमा आफू नेतृत्वको पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । आज बागलुङको बुर्तिबाङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै देश बनाउने योजना, नीति र कार्यक्रम एमालेबाहेक अरु कुनै दलको नभएको बताए । &#8216;यो देशमा एमालेबाहेक कुनै पनि दलको मुलुक बनाउने भिजन नै छैन, अरुको दलको [&hellip;]</p>

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ को चुनावमा आफू नेतृत्वको पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । आज बागलुङको बुर्तिबाङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै देश बनाउने योजना, नीति र कार्यक्रम एमालेबाहेक अरु कुनै दलको नभएको बताए ।

‘यो देशमा एमालेबाहेक कुनै पनि दलको मुलुक बनाउने भिजन नै छैन, अरुको दलको कसरी सत्तामा पुगौँ र बाँडीचुँडी खाउँ भन्ने छ, अबको चुनावबाट एमालेले एकल बहुमत ल्याउँछ, सबैभन्दा ठूलो दल भन्ने नै भइहाल्यो, हामीले ल्याएका नीति कार्यक्रमलाई कार्यान्वयन गछौँ, अरुले चुनाव जित्नलाई बनाएको अस्त्र मात्रै हो उनीहरुमा त्यो क्षमता छैन,’ अध्यक्ष ओलीले भने ।

उनले एमालेले एकल बहुमत आए पनि अहिले गठबन्धन गरेका दललाई पनि सरकारमा समावेश गर्ने बताए । देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वाभिमानका लागि एमालेको जीत अनिवार्य रहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले आफ्नो सरकार बने सुकुम्बासी, आदिवासी, जनजाति र दलितका समस्या समाधान गर्ने बताए ।

Share News