सातामै २१ अर्बले बढ्यो निक्षेप, घट्यो कर्जा लगानी र सीडी रेसियो

<p>काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । नेपाल बैंकर्स एशोसिएसन (एनबीए)का अनुसार कार्त्तिको तेश्रो सातामा बैंकहरुको निक्षेप २१ अर्बले बढेको हो । दोश्रो साता ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो साता बढेर ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । जुन कार्त्तिको पहिलो सातामा भने ४५ खर्ब ४१ अर्ब [&hellip;]</p>

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । नेपाल बैंकर्स एशोसिएसन (एनबीए)का अनुसार कार्त्तिको तेश्रो सातामा बैंकहरुको निक्षेप २१ अर्बले बढेको हो ।

दोश्रो साता ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो साता बढेर ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । जुन कार्त्तिको पहिलो सातामा भने ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

समीक्षा अवधिमा निक्षेप बढेपनि कर्जा लगानी भने घटेको छ । दोश्रो साता ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले तेश्रो सातामा ४२ खर्ब २४ अर्ब रुपैयाँमा सीमित भएका छन् । जुन पहिलो साता भने ४२ खर्ब २५ अर्ब रुपैयाँ थियो ।

असोजको अन्तिम सातामा बैंकहरुले ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

समीक्षा अवधिमा बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८७.२१ प्रतिशतमा सीमित भएको छ । अघिल्लो साता उक्त रेसियो ८७.५८ प्रतिशतमा थियो ।

Share News