काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने सर्वसाधारण पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्न थालेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तहरूले केन्द्रको सदस्यता लिएर ऋण लगानीको सूचना आदानप्रदान गर्न थालेपछि केन्द्रले खराब ऋणीलाई कालोसूचीमा राख्न थालेको हो ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने व्यक्तिको कालोसूची प्रकाशित गर्दै आएको केन्द्रले २०७९ साउनदेखि लघुवित्तका ग्राहकको छुट्टै कालोसूची प्रकाशित गर्न थालेको छ । केन्द्रले प्रकाशित गरेको तथ्यांकअनुसार कात्तिक १८ गतेसम्ममा ३९ जना ऋणी कालोसूचीमा परेका छन् । त्यसमध्ये साउनमा १, भदौमा ४, असोजमा १५ र कात्तिकमा १९ जना कालोसूचीमा परेकोे केन्द्रले जानकारी दिएको छ । कालोसूचीमा परेका व्यक्तिले कुनै बैंक, वित्तीय संस्थाबाट ऋण पाउँदैनन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।