कुमारी बैंकका सीईओले बुझे ४ करोड रुपैयाँ तलब

<p>काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एक वर्षको अवधिमा ४ करोड रुपैयाँ तलब भत्ता बुझेका छन् । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा सीईओलाई ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्तामा वापत भुक्तानी गरेको हो । उक्त रकममध्ये बैंकका पूर्व कायमुकायम सीईओ अनुजमणी तिमिल्सेनाले ३ करोड ६४ लाख [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एक वर्षको अवधिमा ४ करोड रुपैयाँ तलब भत्ता बुझेका छन् । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा सीईओलाई ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्तामा वापत भुक्तानी गरेको हो । उक्त रकममध्ये बैंकका पूर्व कायमुकायम सीईओ अनुजमणी तिमिल्सेनाले ३ करोड ६४ लाख ९८ हजार रुपैयाँ र बैंकका सीईओ रामचन्द्र खनालले ४९ लाख ७३ हजार रुपैयाँ बुझेका हुन् ।

बैंकले तलब बापत ९५ लाख ४८ हजार १८८ रुपैयाँ, भत्ता बापत १६ लाख ८७ हजार ७११ रुपैयाँ, संचय कोष बापत ९ लाख ५४ हजार ८१८ रुपैयाँ, दशैं भत्ता बापत १० लाख ६५ हजार ६८० रुपैयाँ, बिदा बापत ४० लाख ६३ हजार ७३६ रुपैयाँ, उपदान बापत २ लाख ४३ हजार ३६२ रुपैयाँ, बोनस बापत ३९ लाख ९२ हजार ४८१ रुपैयाँ र अन्य (स्वेच्छिक अवकाश भुक्तानी) बापत १ करोड ८३ लाख ५९ हजार ५८८ रुपैयाँ भुक्तानी गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा सीईओलाई २ करोड ३५ लाख ४५ हजार ९६८ रुपैयाँ तलब भत्ता वापत भुक्तानी गरेको थियो ।

यस्तै बैंकले व्यवस्थापकहरुलाई ४ करोड ५४ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । जसमा तलब बापत १ करोड १४ लाख ७६ हजार ६९४ रुपैयाँ, भत्ता बापत ३५ लाख ३९ हजार ३५३ रुपैयाँ, संचयकोष बापत ११ लाख ४७ हजार ६६९ रुपैयाँ, गाडी मर्मतका लागि ५६ लाख २७ हजार १८ रुपैयाँ, औषधी उपचारबापत ७ लाख २७ हजार ७८३ रुपैयाँ, दशैं भत्ता बापत १४ लाख ३४ हजार ९८६ रुपैयाँ, बिदाका लागि २८ लाख ४५ हजार ३२१ रुपैयाँ, उपदान बापत २६ लाख ५७ हजार ३४४ रुपैयाँ, कर्मचारी बोनस बापत ५० लाख ९८ हजार ७७३ रुपैयाँ र अन्य (स्वेच्छिक अवकाश भुक्तानी) बापत १ करोड ८ लाख ८३ हजार ५९ रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।

बैंकले तलब तथा भत्ता कार्यकारी अधिकृत तहदेखि सहायक महाप्रवन्धक तह सम्मका लागि प्रदान गरेको बताएको छ । जसमा आर्थिक वर्ष २०७८/७९ मा बैंक छोडेर जाने तथा नयाँ भर्ति भइ आउने कर्मचारीहरुले आफ्नो कार्यकालमा प्राप्त गरेको तलब तथा भत्ता समेत समावेस गरिएको बैंकले जनाएको छ ।

गत माघ २४ गतेसम्म अनुज मणि तिमिल्सिना कायमुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए । त्यसपछि बैंकले गत बैशाख १३ गते रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । गत वर्षको माघ २४ गतेदेखि गत बैशाख १३ गतेसम्म खनाल कायमुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

Share News