काठमाडौं । चाडवाडकाे अवसरमा आइएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफर अन्तर्गत आठौं र नवौं हप्ताका विजेता सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राही न्जीत कुमार यादव, दिर्घराज जोशी आठौं हप्ताका र करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाहा नवाैं हप्ताकाे लागि साप्ताहिक विजेता छनोट भएका छन् ।
उनीहरूले क्रमशः संयुक्त अरव इमिरेट्स र कुवेतबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । चारै जना साप्ताहिक विजेताले पच्चीस हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जानकारी दिएकाे छ ।
यस्तै, सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर शिङ्घ, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार शिङ्घ, हिराबहादुर बि.क. र इर्कु पाश्वान आठौ| हप्ताको लागि दैनिक विजेता छनोट भएका छन् ।
त्यसैगरी शहदेव महरा, प्रमोद कुमार खाङ्ग, बिनोद माझी, गोपाल सार्की, आन्नद प्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।
उनीहरु प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।