मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धिः ओनसरी घर्ती

<p>काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छिन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताइन् । अझैपनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै [&hellip;]</p>

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छिन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताइन् ।

अझैपनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने उनले बताइन् । उननी विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने बताउँछिन् । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरुको हक अधिकारहरुको सुनिश्चित हुनेगरी कानून बनाउने बताइन् ।

‘हामी आज तपाईहरुको सामु देशको समृद्धिकै लागि हो, हामीसँग देशको विकास बाहेक अरु एजेण्डा छैनन्, हामीले भनेको जस्तो देश भएको छ्रैन होला, तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर भन्दै आएका छौँ र विगतमा जे–जस्ता कामहरु भए ती सम्पूर्ण कामहरुलाई हामी जिम्मेवारी लिन्छौँ र अगाडी बढाउँछौ भनेर आफ्नो एजेण्डा तय गरेका छौँ,’ उनले भनिन्, ‘सांसदको सबभन्दा ठूलो काम कानून बनाउने काम हो, धेरै कानूनहरु निर्माण गर्नुपर्ने बाँकी छन्, मैले कसैको पनि हक नछिनिने गरेर सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफुले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु ।’

Share News