९० करोड ९४ लाख रुपैयाँ लाभांश पारित गर्न निफ्रा बैंकको साधारणसभा आह्वान

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश वित।ण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंक संचालक समितिको कार्तिक ४ गतेको बैठकले चौथो वार्षिक साधारणसभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमांडौमा बिहान ९ बजे बोलाएको हो । बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई ४.२१०५ प्रतिशत अर्थात् ९० [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश वित।ण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंक संचालक समितिको कार्तिक ४ गतेको बैठकले चौथो वार्षिक साधारणसभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमांडौमा बिहान ९ बजे बोलाएको हो ।

बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हालको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

साथै, सभाले आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन बारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्नेछ ।

बैंकले लाभांश वितरण तथा सभा प्रयोजनार्थ मंसिर १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १ गतेभन्दा अगाडी नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

Share News