निक्षेपमा नबिल आक्रमक बन्दा सनराइजको पौने ३ अर्ब घट्यो

<p>काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा ६२ अर्ब बढेर असोज मसान्तसम्मा ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुर्याएका हुन् । असोज महिनामा २१ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ भने विभिन्न ५ वटा बैंकको भने निक्षेप [&hellip;]</p>

काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा ६२ अर्ब बढेर असोज मसान्तसम्मा ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुर्याएका हुन् ।

असोज महिनामा २१ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ भने विभिन्न ५ वटा बैंकको भने निक्षेप घटेको छ । जसमध्ये सबैभन्दा धेरै नबिल बैंकले ७.९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले ७.२० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस्तै, कृषि विकास बैंकले २.५८ अर्ब, बैंक अफ काठमाण्डूले १.०४ अर्ब रुपैयाँ, सेञ्चुरी बैंकले २.०२ अर्ब रुपैयाँ, सिटिजन्स बैंकले ४.४७ अर्ब रुपैयाँ, सिभिल बैंकले १.७५ अर्ब रुपैयाँ, ग्लाबेल आइएमई बैकले ६.२८ अर्ब रुपैयाँ, हिमालयन बैंकले ३.४२ अर्ब रुपैयाँ, लक्ष्मी बैंकले ४७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले २.३४ अर्ब रुपैयाँ, मेगा बैंकले १.८६ अर्ब रुपैयाँ, नेपाल बैंकको २.९६ अर्ब रुपैयाँ, एनसीसी बैंकले २.५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकर्स संघको तथ्याङ्कले जनाएको छ ।

यस्तै, नेपाल एसबिआई बैंकले २.३५ अर्ब रुपैयाँ, प्रभु बैंकले ५.०३ अर्ब रुपैयाँ, प्राइम कमर्सियल बैंकले १.०८ अर्ब रुपैयाँ, राष्ट्रिय वाािण्ज्य बैंकले ४.५७ अर्ब रुपैयाँ, सानिमा बैंकले १.७८ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले १.७५ अर्ब रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.३१ प्रतिशत निक्षेप संकलन बढाएका छन् ।

विभिन्न ५ वटा बैंकको निक्षेप भने घटेको छ । एभरेष्ट बैंकको १५ करोड रुपैयाँ, कुमारी बैंकको ७३ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ७४ करोड रुपैयाँ, एनएमबि बैंकको १.६५ अर्ब रुपैयाँ र सनराइज बैंकको २.८६ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

बैंकहरुले असोज महिनामा ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा ३० अर्ब बढेर असोज मसान्तसम्मा ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । जसमध्ये २० वटा बैंकहरुले कर्जा बढाएका छन् भने अन्य विभिन्न ६ बैंकले कर्जा घटाएका छन् ।

असोज महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । बैंकले ३.७० अर्ब रुपैयाँले कर्जा बढाएको छ । यस्तै, नबिल बैंकले २.९६ अर्ब रुपैयाँ, हिमालयन बैंकले २.८४ अर्ब रुपैयाँ, नेपाल एसबिआई बैंक र मेगा बैंकले २.७९ अर्ब रुपैयाँ, प्रभु बैंकले २.२७ अर्ब रुपैयाँ, कुमारी बैंकले २.४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

यस्तै, कृषि विकास बैंकले ९२ करोड रुपैयाँ, बैंक अफ काठमाण्डूले ९९ करोड रुपैयाँ, सेञ्चुरी बैंकले ३२ करोड रुपैयाँ, सिटिजन्स बैंकले १.९० अर्ब रुपैयाँ, सिभिल बैंकले ९५ करोड रुपैयाँ, एभरेष्ट बैंकले १.२७ अर्ब रुपैयाँ कर्जा बढाएका छन् ।

यस्तै, माछापुच्छे« बैंकले ७९ करोड रुपैयाँ, एनसीसी बैंकले ३९ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले १.८० अर्ब रुपैयाँ, एनएमबि बैंकले १.०१ अर्ब रुपैयाँ, प्राइम बैंकले १.४४ अर्ब रुपैयाँ, सानिमा बैंकले २९ करोड रुपैयाँ र सिद्धार्थ बैंकले ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

असोज महिनामा ग्लोबल आइएमई बैंकको ४४ करोड रुपैयाँ, लक्ष्मी बैंकको ९१ करोड, नेपाल बैंकको १९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३२ करोड रुपैयाँ, स्टयान्डर्ड चार्टर्ड बैंकको १२ रुपैयाँ र सनराइज बैंकको कर्जा प्रवाह ४४ करोड रुपैयाँ कर्जा घटेको छ ।

Share News