
काठमाडौं । समय गतिशिल छ र बलवान पनि । समयसँगै कहिले को बलियो हुन्छ कहिले को कमजोर हुन्छ ।
व्यवसायको आकार, बजारको उपस्थिति, जनशक्ति, व्यवस्थापन, ग्राहकको आधार, पुँजी, नाफा, लाभांश दर सबै सूचकांङमा फाइनन्स कम्पनीहरु भन्दा वाणिज्य बैंक गुणात्मक रुपमा राम्रा छन् । तर सेयर मूल्यमा वाणिज्य बैंकहरुलाई फाइनान्स कम्पनीहरुले पछि पारेका छन् ।
नविल, एनआईसी एशिया र एभेरेष्ट बैंकहरुको मात्र सेयर मूल्य फाइनान्स कम्पनीको भन्दा बढी छन् । अरू वाणिज्य बैंकको सेयर मूल्य फाइनान्स कम्पनीको बराबरी वा अझै कम छ ।
यसको असर मर्जमा परिरहेको छ । केही वाणिज्य बैंकहरुले विकास बैंक वा फाइनान्स कम्पनीलाई एक्वाएर गरेर ठूलो बन्ने सोच बनाएका छन् । तर विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य उच्च भएकोले उनीहरुले अहिले आँखा लगाउन पनि सकिरहेका छैनन ।
कुन कम्पनी कति बलियाे ?
कुनै समय नेपालमा ७५ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा थिए । विस्तारै मर्जर तथा एक्विजिशन हुँदै हाल २० वटा फाइनान्स कम्पनी अस्तित्वमा छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ वटा फाइनान्स कम्पनीको सेयर कारोबार रोक्क रहेको छ भने १५ वटा फाइनान्सको मात्रै सेयर कारोबार भइरहेको छ ।
पछिल्लो समय सेयर बजार उच्च अंकबाट घट्दै नेप्से हाल १८ सय अंकमा छ । बिहीबारको तथ्याङ्क अनुसार नेप्से परिसूचक १८४४ अंक रहेको छ ।सेयर बजार घट्दा नेप्सेमा सूचीकृत कम्पनीको सेयर मूल्यमा पनि ठूलो गिरावट आएको छ । त्यसमा पनि फाइनान्स समूहको सूचक पनि ठूलो अंकले घटेको छ ।
फाइनान्स समूहकाे परिसूचक एक वर्ष अघि २७ सय अंकको हाराहारीमा थियो अहिले घटेर १४९५ अंकमा झरेको छ । वाणिज्य बैंक समूहकाे परिसूचक झन् कम १३१० मात्र छ । दुइ साता अघि याे सूचक १२७० मा झरेकाे थियाे ।
नेपाल फाइनान्सका ८३ लाख ८९ हजार ४३९ कित्ता सेयर सूचीकृत भएको यस कम्पनीको ८३ करोड ८९ लाख ४३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४३.५० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा सेयर मूलय अधिकतम ७६० रुपैयाँ र न्युनतम प्रतिकित्ता २१३ रुपैयाँ रहेको यस कम्पनीको । बिहीबारको सेयर मूल्य अनुसार बजार पूँजीकरण २ अर्ब ४ करोड २८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीलाई २२ प्रतिशत सेयर र १.१६ प्रतिशत नगद गरी कूल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन ।
गाेर्खा फाइनान्सको ८६ लाख ७९ हजार ९३७ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । बिहीबार यस कम्पनीकाे सेयर प्रतिकित्ता ४८३ रुपैयाँमा किनबेच भयाे । गत एक वर्षको अवधिमा सेयर मूल्य अधिकतम १ हजार ३५ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ३५७ रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७१/७२ मा ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यसयता कम्पनीले लाभांश वितरण गरेको छैन ।
बेस्ट फाइनान्सकाे चुक्ता पूँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ रहेको छ । विहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६१५ रुपैयाँ र न्यूनतम प्रतिकित्ता २९८ रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ मा २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यसयता कम्पनीले लाभांश वितरण गरेको छैन ।
गुडविल फाइनान्सको विहीबार सेयर प्रतिकित्ता ४२४ रुपैयाँमा किनबेच भएकाे छ । चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेको यस कम्पनीको एक वर्षको अवधिमा सेयर मूल्य अधिकतम प्रतिकित्ता ८७५ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ३५८ रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६६/६७ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।
पोखरा फाइनान्सकाे चुक्ता पूँजी १ अर्ब ४ करोड ९ लाख रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीकाे प्रतिकित्ता ३१६ रुपैयाँमा किनबेच भयाे । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६८८ रुपैयाँ र न्यूनतम प्रतिकित्ता २९० रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७९ मा ८.०७५ प्रतिशत बोनस सेयर र ०.४२५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।
श्री इन्भेष्टमेन्ट फाइनान्सको चुक्ता पूँजी ९५ करोड ८६ लाख ७५ हजार रुपैयाँ रहेको छ । बिहीबार कम्पनीकेा सेयर प्रतिकित्ता ३०३ रुपैयाँमा किनबेच भयाे । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ५९३ रुपैयाँ र न्यूनतम प्रतिकित्ता २३६ रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।
सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०१ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६३७ रुपैयाँ र न्यूनतम प्रतिकित्ता २३७ रुपैयाँ थियो । यस कम्पनीको बजार पूँजीकरण २ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६९/७० देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।
जानकी फाइनान्सकाे चुक्ता पूँजी ६९ करोड ४ लाख ७२ हजार रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४६ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ८०३.९० रुपैयाँ र न्यूनतम प्रतिकित्ता ३०५ रुपैयाँ थियो । यस कम्पनीको बजार पूँजीकरण २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।
समृद्धि फाइनान्सकाे चुक्ता पूँजी ७४ करोड १६ लाख ४४ हजार रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता २३५ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६०५ रुपैयाँ र न्यूनतम प्रतिकित्ता १७९ रुपैयाँ थियो ।
गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सकाे चुक्ता पूँजी ९५ करोड ४ लाख रुपैयाँ रहेको छ । बिहीबारको तथ्याङ्क अनुसार यस कम्पनीको सेयर मूलय दोस्रो बजारमा प्रतिकित्ता ३१९ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६०९.९० रुपैयाँ र न्यूनतम प्रतिकित्ता २२३.९० रुपैयाँ थियो । यस कम्पनीको बजार पूँजीकरण ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।
आइसिएफसी फाइनान्सकाे चुक्ता पूँजी १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ४२६ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १ हजार ६३ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ३६३ रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।
प्रोग्रेसिभ फाइनान्सकाे चुक्ता पूँजी ८५ करोड ६१ लाख रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता २५९ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ४७७ रुपैयाँ र न्यूनतम प्रतिकित्ता १९२ रुपैयाँ थियो । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ६ प्रतिशत बोनस सेयर र ०.३२ प्रतिशत नगद गरी कूल ६.३२ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।
मल्टीपर्पोज फाइनान्सकाे चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ३०० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ५६५.४० रुपैयाँ र न्यूनतम प्रतिकित्ता २०६.१० रुपैयाँ थियो । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।
मन्जुश्री फाइनान्सकाे चुक्ता पूँजी १ खर्ब ३५ अर्ब १५ करोड ५२ लाख रुपैयाँ रहेको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७८.५० रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १ हजार २२५ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ३६२ रुपैयाँ थियो ।कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६७/६८ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कूल ४६ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।
रिलायन्स फाइनान्सकाे चुक्ता पूँजी १ अर्ब ५ करोड ३० लाख रुपैयाँ रहेको छ । विहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९७ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ६३४ रुपैयाँ र न्यूनतम प्रतिकित्ता २२२.२० रुपैयाँ थियो । कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण वितरण गरेको थियो ।