काठमाडौं । नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ र गरिमा विकास बैंक बीच विभिन्न सेवा सुविधामा आकर्षक छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौं को सामाखुसी मा अवस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १५% छुट सक्ने बैंकले जनाइएको छ ।
उक्त सम्झौता मा विकास बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ अध्यक्ष मौसम कुमार श्रेष्ठ विच भएको छ । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।