बिष्णु पौडेलका प्रतिस्पर्धी गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालिन अन्तरिम आदेश

<p>काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलका प्रतिस्पर्धी राजु गुरुङ उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले रुपन्देही(२ मा नेपाली काँग्रेससहितको गठबन्धनका तर्फबाट उठेका एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज नगर्न उक्त आदेश दिएको हो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन [&hellip;]</p>

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलका प्रतिस्पर्धी राजु गुरुङ उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले रुपन्देही(२ मा नेपाली काँग्रेससहितको गठबन्धनका तर्फबाट उठेका एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज नगर्न उक्त आदेश दिएको हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

साथै, सर्वोच्चले दुबै पक्षलाई कात्तिक २ गते अदालत बोलाएको छ । अदालतले अन्तरिम आदेश निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न सो दिन दुबै पक्षलाई बोलाएको हो ।

Share News