प्रभु क्यापिटलले रोटर्याक्ट क्लब अफ पाटनका सदस्यलाई दियो सेयर बजारबारे तालिम

<p>काठमाडौं । प्रभु क्यापिटलले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुलाई तालिम दिएकाे छ । क्यापिटलले सेयर बजार सम्बन्धी बेसिक, फण्डामेन्टल एण्ड टेक्निकल एन्यालाइसिस अफ सेक्युरिटी मार्केट विषयमा १ दिने तालिम दिएकाे हाे । विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले उक्त तालिम दिएकाे जनाएकाे छ । रोटर्याक्ट क्लब अफ पाटन [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटलले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुलाई तालिम दिएकाे छ । क्यापिटलले सेयर बजार सम्बन्धी बेसिक, फण्डामेन्टल एण्ड टेक्निकल एन्यालाइसिस अफ सेक्युरिटी मार्केट विषयमा १ दिने तालिम दिएकाे हाे ।

विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले उक्त तालिम दिएकाे जनाएकाे छ ।

रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले दिएका थिए । प्रशिक्षणमा शेयर बजार तथा प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा पाईने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागिे समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

 

Share News