काठमाडाैं । सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
अर्को व्यवस्था नभएसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको जनाएकाे हाे ।
आइतबार नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु भएपछि प्राधिकरणले यस्ताे निर्णय गरेकाे हाे ।