काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया बिहीबारबाट सुरु गरेको बताए ।
आयोगले यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४ सय ९५ प्रकारका मतपत्र हुने जनाएको छ । मतपत्र छपाई जनक शिक्षा सामग्री केन्द्रले गरिरहेको छ ।