कोरोना कम भएपछि होटल बाराहीको बिजनेसमा छलाङ, एक वर्षमा ५२९ प्रतिशतले बढ्यो आम्दानी

<p>काठमाडौं । पोखरामा रहेको होटल बाराहीले एक वर्षमा पौन ११ करोड रुपैयाँ आम्दानी गरेको छ । होटलले सन् २०२२ मा १० करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२१ मा यस होटलले १ करोड ७० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा होटलको आम्दानी कम भए [&hellip;]</p>

काठमाडौं । पोखरामा रहेको होटल बाराहीले एक वर्षमा पौन ११ करोड रुपैयाँ आम्दानी गरेको छ । होटलले सन् २०२२ मा १० करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२१ मा यस होटलले १ करोड ७० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा होटलको आम्दानी कम भए पनि विस्तारै कोरोना कम भएपछि होटलको बिजनेस पनि बढ्दै गएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा यस होटलको आम्दानी ५२९ प्रतिशतले बढेको देखिएको छ ।

बाराही ग्रुपद्वारा सञ्चिालित बाराही होटलका अध्यक्ष हरि प्रसाद पौडेल हुन् । चार तारे यो होटल पोखराको लेकसाइड नजिकै सञ्चालनमा छ । होटलमा ८० वटा कोठा छन् ।

बाराही ग्रुपले पोखरामा बाराही होटलसँगै चितवनको बाराही जंगल लज सञ्चालन गरिरहेको छ भने साराङ्कोटमा साराङ्कोट माउण्टेन लज पनि सञ्चालन गरिरहेको छ । सन् १९९२ मा खुलेको यो होटल लेकसाइडको सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको होटल पनि हो । यस होटलले  ९४ करोड रुपैयाँ ऋण सुविधा लिनका लागि इक्रा नेपालबाट रेटिङ पनि गराएको छ । कम्पनीले बि प्लस रेटिङ पाएको छ ।

Share News